०६ असार २०८३, शनिबार

कोरोनाकालमा मर्‍यो मानवता : वृद्धलाई रुघाखोकी लागेपछि बाटोमा फाले परिवारका सदस्यले

बैशाख २३, २०७८
कोरोनाकालमा मर्‍यो मानवता : वृद्धलाई रुघाखोकी लागेपछि बाटोमा फाले परिवारका सदस्यले

कोरोनाकालमा मानवता पनि मरिरहेको देखिएको छ ।

भारतको उत्तर प्रदेशमा रहेको कानपुरमा रुघाखोकी लागेका एक वृद्धलाई उनका परिवारका सदस्यहरूले सडकमा मिल्काएका छन् । 

प्रहरीले कार ट्रेस गरेर वृद्धलाई फ्याँक्नेहरूलाई बोलायो र चेतावनी दिएर वृद्ध उनीहरूलाई सुम्पियो । 

सुरेन्द्र सिंह नामक ती वृद्धको विवाह भएको थिएन । उनी २० वर्षदेखि नातेदार गौरव र सौरभसँग बसिरहेका थिए । 

दुई दिनअघि उनलाई रुघाखोकी र ज्वरो आयो । त्यसपछि नातेदारहरूले कोरोनाको डर मान्दै घरबाट निकाले । 

घरबाट निकालिएपछि सुरेन्द्र अपरिचित व्यक्तिको घरबाहिर पल्टिए । 

त्यसपछि मानिसहरूले विरोध गरे र वृद्धलाई लिएर जान भने । सुरेन्द्रका भतिजा मुकेशलाई यसको सूचना दिइयो । मुकेश कार लिएर पुगे अनि वृद्धलाई कारमा राखेर एक किलोमिटर पर रहेको एक पसल बाहिर एउटा बिस्कुट दिएर भागे । 

पसलका कर्मचारीले रतनलाल नगर चौकी इन्चार्ज अरविन्द सिंहलाई यसको जानकारी दिए । उनले कारको नम्बर ट्रेस गरेर मुकेशलाई बोलाए अनि बेस्सरी हप्काए । 
 

मुकेशले वृद्धलाई अस्पताल लगेको तर भर्ना गराउन नसकेपछि त्यहाँ छोडिदिएको बताए । प्रहरीले कारवाही गर्ने डरले मुकेशले सुरेन्द्रलाई लिएर गए । 
 

salt training

कमेन्ट गर्नुहोस्