३० असार २०८३, मंगलबार

एनएमबि बैंकद्वारा विभिन्न खातामा बीमा दावी भुक्तानी

बैशाख २३, २०७८
एनएमबि बैंकद्वारा विभिन्न खातामा बीमा दावी भुक्तानी

एनएमबि बैंकले विभिन्न खाताहरुमा दुर्घटना र गम्भिर रोगहरु विरुद्ध प्रदान गरिने विमा दावी भुक्तानी दुर्घटना हुना साथ र रोग पत्ता लाग्ना साथ प्रदान गरेको जनाएको छ । 

सहारा बचत खाता अन्तर्गत हालसम्म देशैभरीबाट ११ जना व्यक्ति लाभान्वित भई जम्मा रु.६१ लाख ३ हजार ८ सय ४१ रुपैयाँ विमा दावी भुक्तानी भइसकेको छ । बैंकले उक्त भुक्तानी इन्स्योरेन्स पार्टनर शिखर इन्स्योरेन्स मार्फत गरेको हो ।

आफ्नो स्थापना काल देखी नै ग्राहक केन्द्रित भएर काम गरिरहेको यस बैंकले ग्राहकलाई उच्च विमा कभरेज र भविष्यका अनिश्चितताको विरुद्ध संरक्षणमा आफ्नो स्रोत परिचालन गरेको जनाएको छ ।

बैंकको तलव खाता योजनामा शुन्य मौज्दातमै नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम कार्ड को साथै सात लाखसम्मको दुर्घटना बिमा प्रदान गर्दै आइरहेको छ भने सहारा खाता योजनामा नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम, कार्ड दश लाखसम्मको दुर्घटना बिमाको साथै १८ घातक रोगहरुमा स्वास्थ्य उपचार विमा सुविधा प्रदान गर्दै आइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्