२९ असार २०८३, सोमबार

चीनमा रहेको अमेरिकी दूतावासले गर्‍यो असंवेदनशील टिप्पणी, रिसाए चिनियाँ

बैशाख २३, २०७८
चीनमा रहेको अमेरिकी दूतावासले गर्‍यो असंवेदनशील टिप्पणी, रिसाए चिनियाँ

चीनमा रहेका अमेरिकी दूतावासले सामाजिक सञ्जालमा राखेको एउटा पोस्टमा विद्यार्थीहरूलाई कुकुरसँग तुलना गरेपछि चिनियाँहरू रिसाएका छन् । 

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले गत जनवरी महिनामा चीनमा रहेका सबै गैरअमेरिकी नागरिकलाई कोरोना संक्रमणपछि अमेरिका प्रवेश गर्न रोक लगाएका थिए । 
 

बुधवार वीबो नामक सामाजिक सञ्जालमा चीनमा रहेको अमेरिकी दूतावासको भिसा सेक्सनले विद्यार्थीहरूलाई बाइडन प्रशासनले नियन्त्रण खुकुलो बनाइसकेको भए पनि किन कुरिरहेको भनी सोधेको थियो । 

वसन्त आएको छ र फूल फुल्न थालेका छन् । तपाईं बाहिर गएर खेल्न आतुर कुकुर जस्तो हो ?’ चिनियाँ भाषामा लेखिएको पोस्टमा उल्लेख थियो । त्यससँगै खुशी भएको एक छाउरोले ढोका नाघ्न खोजेको भिडियो पोस्ट गरिएको थियो । 

त्यो देखेर वीबो प्रयोगकर्ताहरू रिसाए अनि यस्तो तुलना अनुपयुक्त रहेको बताए । उक्त पोस्टलाई पछि डिलिट गरिएको थियो । 

त्यस्तो पोस्ट नग्न जातिविभेद भएको प्रयोगकर्ताहरूको भनाइ छ । अमेरिकीहरूका लागि कुकुर सकारात्मक अर्थ दिने भए पनि चिनियाँका लागि नकारात्मक अर्थ लाग्छ भनी दूतावासका कर्मचारीले बुझ्न नसकेको वीबो प्रयोगकर्ताको भनाइ छ ।

बेइजिङमा रहेको अमेरिकी दूतावासका एक प्रवक्ताले बिहीवार बिहान यस पोस्टका लागि माफी मागेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्