१४ असार २०८३, आइतबार

ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

बैशाख २३, २०७८
ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा निवासी २५ वर्षीय वीरबहादुर बोटे रहेका छन् । ट्र्याक्टरमा सवार बोटेको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

ना६त ४२०७ नंको ट्र्याक्टर भित्री सडकमा आफैँ अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खस्दा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त दुर्घटनामा परी सोही वडा निवासी २२ वर्षीय किरण श्रेष्ठ र १८ वर्षीय सुन्दर श्रेष्ठ घाइते भएका छन् ।

किरणको दमौलीमा र सुन्दरको थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा सिफारिश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए। मृत्यु हुने व्यक्ति ट्र्याक्टर चालक हुन् या सवार गर्ने व्यक्ति हुन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।   

salt training

कमेन्ट गर्नुहोस्