
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली गीतसंगीत क्षेत्रमा स्वर्गीय गायक प्रेमध्वज प्रधानको योगदान सदा स्मरणीय रहने बताएका छन् ।
बिहीवार प्रधानको निधनपछि सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले प्रधानको निधनको खबरले आफूलाई दुःखी बनाएको बताएका छन् ।
उनले भनेका छन्,'मूर्धन्य गायक प्रेमध्वज प्रधानको असामयिक निधनको खबरले मलाई दुःखी तुल्याएको छ । दिवंगत प्रधानप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । नेपाली गीसंगीतको क्षेत्रमा उहाँको योगदान सदा स्मरणीय रहने छ ।'
मूर्धन्य गायक प्रेमध्वज प्रधानको असामयिक निधनको खबरले मलाई दुःखी तुल्याएको छ । दिवंगत प्रधानप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । नेपाली गीसंगीतको क्षेत्रमा उहाँको योगदान सदा स्मरणीय रहने छ ।
— K P Sharma Oli (@kpsharmaoli) May 6, 2021