२३ जेठ २०८३, शनिबार

फिलिपिनी सेनाले मुसलमानी लडाकुलाई आत्मसमर्पण गर्न लगायो, आठौं दिनमा पुग्यो लडाईं

कात्तिक २०, २०७४
फिलिपिनी सेनाले मुसलमानी लडाकुलाई आत्मसमर्पण गर्न लगायो, आठौं दिनमा पुग्यो लडाईं

काठमाडौं, १६ जेठ — फिलिपिनी सेनाले मंगलवार दक्षिणी शहर कब्जा गरिरहेका मुसलमानी लडाकुहरूलाई आत्मसमर्पण गर्न आग्रह गरेको छ । लडाईं आठौं दिनमा प्रवेश गर्दा सुरक्षाकर्मीहरूले हतियारयुक्त गाडी तथा हेलिकप्टरबाट रकेट प्रहार गरेर बन्दुकधारीहरूलाई सिध्याइरहेका छन् ।


मरावी नामक स्थानमा इस्लामिक स्टेटसँग आबद्ध माउते समूहले कब्जा जमाइरहेको छ । सरकारले मरावी क्षेत्र आफ्नो नियन्त्रणमा आउनै लागेको बताएको छ । माउतेले शहरका केही भाग कब्जा गरेको अवस्थामा सुरक्षाकर्मीहरूले लडाकुका नेता इस्निलोज हापिलोनलाई नियन्त्रणमा लिनका लागि असफल प्रयास गरेका थिए ।

‘हामीहरू बाँकी आतंकवादीहरूलाई अवसर छँदै आत्मसमर्पण गर्नका लागि आह्वान गर्छौं,’ सेनाका प्रवक्ता रेस्टिट्युटो पदिलाले भने ।

यो लडाईंमा सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ र त्यसमा लडाकुको संख्या नै बढी भएको सेना बताउँछ । शहरका अधिकांश निवासीहरू भागिसकेका छन् ।

तैपनि अझै हजारौं मानिस त्यहाँ अड्किएका छन् र उनीहरूलाई भाग्ने क्रममा लडाकुले समात्लान् भन्ने पीर छ ।

रोयटर्सबाट

salt training

कमेन्ट गर्नुहोस्