०३ असार २०८३, बुधबार

मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक

बैशाख २३, २०७८
मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ ।

केआईसिंह गाउँपालिका–६ फलेडीका स्थायी वासिन्दा रहेका मुख्यमन्त्री भट्टकी आमा ८४ वर्षीया शारदाको बिहीवार निधन भएको छ ।

केही दिन पहिलेदेखि स्वास्थ्यमा समस्या आएपछि उनको बिहीवार आफ्नै निवासमा मृत्यु भएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।

मुख्यमन्त्री भट्ट अहिले आफ्नो निवास डोटी पुगिसकेका र आमाको अन्त्येष्टि शुक्रवार मात्रै गरिने उनका घरपरिवारले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्