०३ असार २०८३, बुधबार

२०१ जनाको भेन्टिलेटरमा उपचार

बैशाख २३, २०७८
२०१ जनाको भेन्टिलेटरमा उपचार

देशभर  ७२  हजार ५६१ सक्रिय सङ्क्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  तीमध्ये ६७ हजार २४६ जना होम आइसोलेशनमा र पाँच हजार ३१५ जना संस्थागत आइसोलेशनमा छन् ।

त्यस्तै ६५२ जनाको सघन उपचार कक्ष र २०१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको  छ । तीन सय १४ जना क्वारेन्टिनमा छन् ।  हालसम्म नेपालमा २५  लाख ७८ हजार ४१८   को पिसिआर परीक्षण भएको छ ।  त्यस्तै पछिल्लो समय कोरोनाका कारण ५४ जनाको मृत्यु  भएको छ ।  हालसम्म तीन हजार ५२९  जनाले  कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप नौ हजार ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पिसिआर विधिबाट २० हजार ३६७ र एन्टिजेन विधिबाट ७७५ जनाको परीक्षण गर्दा क्रमशः  आठ हजार ९७० र सय जनामा सङ्क्रमण पुष्टि भएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा ५४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमित तीन लाख लाख ६८ हजार ५८० पुगेका छन् । त्यस्तै पछिल्लो समय थप दुई हजार ७०७ जना निको भएका छन् । यससँगै निको हुने दुई  लाख ९२ हजार ४९० छन् ।

salt training

कमेन्ट गर्नुहोस्