×

NMB BANK
NIC ASIA

लोकान्तर यात्रा

लोकान्तर छैटौं वर्षमा : महासंकटको कष्टपूर्ण यात्रामा पनि विचलित हुनेछैनौं

बैशाख २४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) आजदेखि छैटौं वर्षमा प्रवेश गरेको छ । पाँच वर्ष त्यति लामो त होइन, तर पाठकहरूबाट निरन्तर माया नपाएको भए शायद हाम्रो यात्रा कतै अलमलिन पनि सक्थ्यो । तसर्थ, छैटौं वर्ष प्रवेशको यो अवसरमा सबैभन्दा पहिला हामी तपाईं आमपाठक, विज्ञापनदाता, शुभचिन्तक, लेखक, स्तम्भकारप्रति हृदयदेखि आभार व्यक्त गर्न चाहन्छौं ।

Muktinath Bank

हामी दैनिक सयौंको संख्यामा सामाग्री पस्कछौं । ती पढ्न तपाईंहरूले लोकान्तर डट्कम ‘भिजिट’ गर्नुहुन्छ । हामीले गरेका गल्ती औंल्याइदिनुहुन्छ । अझै विश्वसनीय र सन्तुलित सामग्रीका लागि रचनात्मक सुझाव दिनुहुन्छ, घच्घच्याइरहनुहुन्छ । तपाईंका ती सुझाव र निरन्तरका खबरदारी नै हाम्रो प्रेरणाका स्रोत हुन्, रहिरहनेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिंगो विश्व करीब डेढ वर्षदेखि कोरोना भाइरसको महामारीबाट आक्रान्त छ, नेपाल अछुतो छैन । गत वर्ष हामी पाचौं वर्षमा प्रवेश गर्दैगर्दा विभिन्न देशलाई जस्तै नेपाललाई पनि कोरोना भाइरसले सताइसकेको थियो ।


Advertisment
Nabil box
Kumari

यसपटक यो सम्पादकीय सम्प्रेषण गर्दैगर्दा अन्य मुलुकझैं नेपाल पनि यो महामारीबाट थप प्रताडित बनेको छ । हामी यो क्षणमा कोरोना भाइरसका कारण ज्यान गुमाउनुभएका विश्वभरका लाखौं जनप्रति गहिरो समवेदना व्यक्त गर्दै यसबाट संक्रमितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्छौं । विश्व मानवजातिलाई कोरोनाभाइरस विरुद्धको लडाईंमा छिट्टै सफलता मिलोस्, हाम्रो कामना छ ।

Vianet communication
Laxmi Bank

कोरोना नियन्त्रणका लागि संसारका धेरै देशले लकडाउन लागू गरे । त्यसले अर्थतन्त्रमा ठूलो असर गर्‍यो । नेपालको सानो अर्थबजार पनि नराम्ररी प्रभावित बन्यो, बनिरहेको छ । यतिबेला हामी ती विज्ञापनदाताप्रति विशेष आभार व्यक्त गर्न चाहन्छौं, जसले कोरोनाकालमा घाटा-नाफा बिर्सेर हामीलाई निरन्तर सहयोग गर्नुभयो । तपाईंहरूको सहयोगविना मिडियाको अस्तित्व गम्भीर संकटमा पर्नेमा दुई मत छैन । सम्पूर्ण विज्ञानपनदाता, व्यापारिक घराना र तिनका नेतृत्व एवं सरोकारवाला सबैलाई हामी हृदयदेखि सलाम अर्पण गर्न चाहन्छौं ।

आरदणीय पाठकवृन्द, 

हामीले गएको वर्ष हाम्रो ‘ट्याग लाइन’ (नारा) परिवर्तन गर्‍यौं । ‘निरन्तर तथ्यको खोज’ भन्ने नारालाई परिवर्तन गरेर ‘सनसनी होइन...समाचार’ भन्ने नयाँ नारा प्रयोग गर्न थालेका छौं । सनसनीका लागि समाचार बनिरहेको र समग्र मिडिया जगतमाथि नै विश्वासको प्रश्न उठिरहेको समयमा सनसनी होइन समाचार पस्कन्छौं भन्ने नै हाम्रो प्रतिज्ञा हो ।

नारा आफ्नो ठाउँमा छ । खोज र सत्यतथ्यमा आधारित सन्तुलित एवं विश्वसनीय सामग्री सम्प्रेषणमा आफूलाई खरो उतार्ने हाम्रो प्रयास सदैव अविचलित रहनेछ । महासंकटको यो कठिन घडीमा हामी अझै जिम्मेवारीका साथ उपस्थित हुनेछौं । 

राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर २०७३ वैशाख २४ गते लोकान्तर डट्कम पाठकसामु ल्याउँदा पत्रकारिताका मूल्य मान्यता र खोजमूलक पत्रकारिताबारे हामीले जुन संकल्प गरेका थियौं, त्यसमा अन्तिम क्षणसम्म इमान्दार भएर लाग्ने संकल्प यस अवसरमा पुनः दोहोर्‍यााउन चाहन्छौं । 

यो अवधिमा लोकान्तर डट्कमले खोजमूलक समाचार पोर्टलको पृथक पहिचान बनाएको छ, हामी त्यसमा अझै निखार ल्याउने प्रयत्न गर्नेछौं ।

विश्वले कल्पनासम्म नगरेको अहिलेको महासंकटको समयमा डिजिटल पत्रिका (अनलाइन पत्रकारिता) को भूमिका अझै प्रभावकारी बनेको महसूस हामीले गरेका छौं । तर, कोरोना भाइरसका कारण थिलोथिलो हुन पुगेको अर्थतन्त्रको प्रत्यक्ष असर पत्रकारितामा परेको हुनाले हाम्रो आगामी यात्रा पक्कै सहज हुनेछैन । संकटमा पनि सही, स्थलगत, खोज र विश्लेषणात्मक सामग्रीको सम्प्रेषणमा निरन्तर जुटिरहने छौं ।

अन्तिममा, प्रिय पाठकलाई हाम्रो अनुरोध छ– कोरोना विरुद्धको लडाईंमा आ–आफ्नो स्थानबाट सक्दो योगदान गरौं । मानिसको वास्तविक परीक्षा संकटको घडीमा हुने गर्छ । संसारका करीब ७ अर्ब मानिस संकटमा छन् । यो धैर्य गर्ने र एक अर्कालाई सहयोग गर्ने समय हो । अप्ठ्यारोमा परेकालाई खुला हृदयले सहयोग गरौं । पहिला यो रोगलाई परास्त गरौं । बाँचे अरू त पछि गर्न सकिहालिन्छ । यतिबेला तपाईं घरमै बस्नु पनि कोरोनाविरुद्धको लडाईंमा सघाएको ठहरिनेछ ।

घरमा बस्दा समय कसरी कटाउने भन्ने कुराले चिन्तित हुनुहुन्छ भने लोकान्तर डट्कम तपाईंको साथमा छ । तपाईंलाई पलपलमा विश्वसनीय सूचना दिन हामी चौबीसै घण्टा जागा छौं । 

हामी दोहोर्‍याएर कामना गर्छौं– अर्को वर्ष वैशाख २४ गते हामीले लोकान्तर डट्कमको छैटौं वर्षगाँठलाई स्मरण गर्नुअगावै सिंगो विश्व नै तहसनहस पारिरहेको यो कोरोनाभाइरस रूपी महामारी सम्पूर्ण रूपले हराएर जाओस् र मानवीय जीवन सामान्य अवस्थामा फर्कन सकोस् ।

hAMROPATRO BELOW NEWS
TATA Below
साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x