फागुन २१, २०७९
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
बैशाख २४, २०७८
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) आजदेखि छैटौं वर्षमा प्रवेश गरेको छ । पाँच वर्ष त्यति लामो त होइन, तर पाठकहरूबाट निरन्तर माया नपाएको भए शायद हाम्रो यात्रा कतै अलमलिन पनि सक्थ्यो । तसर्थ, छैटौं वर्ष प्रवेशको यो अवसरमा सबैभन्दा पहिला हामी तपाईं आमपाठक, विज्ञापनदाता, शुभचिन्तक, लेखक, स्तम्भकारप्रति हृदयदेखि आभार व्यक्त गर्न चाहन्छौं ।
हामी दैनिक सयौंको संख्यामा सामाग्री पस्कछौं । ती पढ्न तपाईंहरूले लोकान्तर डट्कम ‘भिजिट’ गर्नुहुन्छ । हामीले गरेका गल्ती औंल्याइदिनुहुन्छ । अझै विश्वसनीय र सन्तुलित सामग्रीका लागि रचनात्मक सुझाव दिनुहुन्छ, घच्घच्याइरहनुहुन्छ । तपाईंका ती सुझाव र निरन्तरका खबरदारी नै हाम्रो प्रेरणाका स्रोत हुन्, रहिरहनेछन् ।
सिंगो विश्व करीब डेढ वर्षदेखि कोरोना भाइरसको महामारीबाट आक्रान्त छ, नेपाल अछुतो छैन । गत वर्ष हामी पाचौं वर्षमा प्रवेश गर्दैगर्दा विभिन्न देशलाई जस्तै नेपाललाई पनि कोरोना भाइरसले सताइसकेको थियो ।
यसपटक यो सम्पादकीय सम्प्रेषण गर्दैगर्दा अन्य मुलुकझैं नेपाल पनि यो महामारीबाट थप प्रताडित बनेको छ । हामी यो क्षणमा कोरोना भाइरसका कारण ज्यान गुमाउनुभएका विश्वभरका लाखौं जनप्रति गहिरो समवेदना व्यक्त गर्दै यसबाट संक्रमितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्छौं । विश्व मानवजातिलाई कोरोनाभाइरस विरुद्धको लडाईंमा छिट्टै सफलता मिलोस्, हाम्रो कामना छ ।
कोरोना नियन्त्रणका लागि संसारका धेरै देशले लकडाउन लागू गरे । त्यसले अर्थतन्त्रमा ठूलो असर गर्यो । नेपालको सानो अर्थबजार पनि नराम्ररी प्रभावित बन्यो, बनिरहेको छ । यतिबेला हामी ती विज्ञापनदाताप्रति विशेष आभार व्यक्त गर्न चाहन्छौं, जसले कोरोनाकालमा घाटा-नाफा बिर्सेर हामीलाई निरन्तर सहयोग गर्नुभयो । तपाईंहरूको सहयोगविना मिडियाको अस्तित्व गम्भीर संकटमा पर्नेमा दुई मत छैन । सम्पूर्ण विज्ञानपनदाता, व्यापारिक घराना र तिनका नेतृत्व एवं सरोकारवाला सबैलाई हामी हृदयदेखि सलाम अर्पण गर्न चाहन्छौं ।
आरदणीय पाठकवृन्द,
हामीले गएको वर्ष हाम्रो ‘ट्याग लाइन’ (नारा) परिवर्तन गर्यौं । ‘निरन्तर तथ्यको खोज’ भन्ने नारालाई परिवर्तन गरेर ‘सनसनी होइन...समाचार’ भन्ने नयाँ नारा प्रयोग गर्न थालेका छौं । सनसनीका लागि समाचार बनिरहेको र समग्र मिडिया जगतमाथि नै विश्वासको प्रश्न उठिरहेको समयमा सनसनी होइन समाचार पस्कन्छौं भन्ने नै हाम्रो प्रतिज्ञा हो ।
नारा आफ्नो ठाउँमा छ । खोज र सत्यतथ्यमा आधारित सन्तुलित एवं विश्वसनीय सामग्री सम्प्रेषणमा आफूलाई खरो उतार्ने हाम्रो प्रयास सदैव अविचलित रहनेछ । महासंकटको यो कठिन घडीमा हामी अझै जिम्मेवारीका साथ उपस्थित हुनेछौं ।
राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर २०७३ वैशाख २४ गते लोकान्तर डट्कम पाठकसामु ल्याउँदा पत्रकारिताका मूल्य मान्यता र खोजमूलक पत्रकारिताबारे हामीले जुन संकल्प गरेका थियौं, त्यसमा अन्तिम क्षणसम्म इमान्दार भएर लाग्ने संकल्प यस अवसरमा पुनः दोहोर्यााउन चाहन्छौं ।
यो अवधिमा लोकान्तर डट्कमले खोजमूलक समाचार पोर्टलको पृथक पहिचान बनाएको छ, हामी त्यसमा अझै निखार ल्याउने प्रयत्न गर्नेछौं ।
विश्वले कल्पनासम्म नगरेको अहिलेको महासंकटको समयमा डिजिटल पत्रिका (अनलाइन पत्रकारिता) को भूमिका अझै प्रभावकारी बनेको महसूस हामीले गरेका छौं । तर, कोरोना भाइरसका कारण थिलोथिलो हुन पुगेको अर्थतन्त्रको प्रत्यक्ष असर पत्रकारितामा परेको हुनाले हाम्रो आगामी यात्रा पक्कै सहज हुनेछैन । संकटमा पनि सही, स्थलगत, खोज र विश्लेषणात्मक सामग्रीको सम्प्रेषणमा निरन्तर जुटिरहने छौं ।
अन्तिममा, प्रिय पाठकलाई हाम्रो अनुरोध छ– कोरोना विरुद्धको लडाईंमा आ–आफ्नो स्थानबाट सक्दो योगदान गरौं । मानिसको वास्तविक परीक्षा संकटको घडीमा हुने गर्छ । संसारका करीब ७ अर्ब मानिस संकटमा छन् । यो धैर्य गर्ने र एक अर्कालाई सहयोग गर्ने समय हो । अप्ठ्यारोमा परेकालाई खुला हृदयले सहयोग गरौं । पहिला यो रोगलाई परास्त गरौं । बाँचे अरू त पछि गर्न सकिहालिन्छ । यतिबेला तपाईं घरमै बस्नु पनि कोरोनाविरुद्धको लडाईंमा सघाएको ठहरिनेछ ।
घरमा बस्दा समय कसरी कटाउने भन्ने कुराले चिन्तित हुनुहुन्छ भने लोकान्तर डट्कम तपाईंको साथमा छ । तपाईंलाई पलपलमा विश्वसनीय सूचना दिन हामी चौबीसै घण्टा जागा छौं ।
हामी दोहोर्याएर कामना गर्छौं– अर्को वर्ष वैशाख २४ गते हामीले लोकान्तर डट्कमको छैटौं वर्षगाँठलाई स्मरण गर्नुअगावै सिंगो विश्व नै तहसनहस पारिरहेको यो कोरोनाभाइरस रूपी महामारी सम्पूर्ण रूपले हराएर जाओस् र मानवीय जीवन सामान्य अवस्थामा फर्कन सकोस् ।
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...
गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...