भारतको नागपुरबाट हैदराबाद गइरहेको एक विमान टेकअफ गर्नेबित्तिकै चक्का खुस्किएर झरेपछि मुम्बईतर्फ डाइभर्ट गर्नुपरेको छ ।
बिरामी बोकेर गएको एयर एम्बुलेन्सको चक्का झरेपछि हंगामा भएको थियो ।
सी–९० विमानमा कुल पाँचजना थिए । दुईजना विमान कर्मचारी, एक चिकित्सक र एक रोगी त्यसमा थिए । नागपुरबाट उड्नेबित्तिकै विमानको एउटा चक्का झरेको थियो ।
उडानकै क्रममा पाइलटले सुझबुझ देखाए र बेली ल्यान्डिङ गर्ने निर्णय लिए । मुम्बईमा विमान सुरक्षित ल्यान्ड गरिएको थियो । रोगीलाई मुम्बईकै एक अस्पतालमा भर्ना गरिएको छ ।
विमानमा रहेका सबैजना सुरक्षित छन् ।
बेली ल्यान्डिङ सुरक्षित बनाउनका लागि धावनमार्गमा फोम राखिएको थियो । एयर एम्बुलेन्समा आगो लाग्ने सम्भावना भए पनि सुरक्षाको राम्रो प्रबन्ध मिलाइएकाले केही भएन ।