तालु खुइलेकाहरूलाई कोरोनाको जोखिम बढी : अध्ययन

टाउकोमा भरिभराउ कपाल भएका मानिसको तुलनामा तालु खुइलेका मानिसलाई कोभिडको जोखिम साढे दुई गुणा बढी भएको अनुसन्धाताहरूले चेतावनी दिएका छन् ।


Advertisement

पुरुषको कपाल झर्ने समस्या सामान्य हो । ५० वर्षभन्दा माथिका लगभग ५० प्रतिशत पुरुषको कपाल झरेर तालु खुइलिने समस्या हुन्छ । 


Advertisement

कपाल झर्ने समस्या भएका पुरुष एन्ड्रोजिन भन्ने हर्मोनप्रति बढी संवेदनशील हुन्छन् । अनि तिनीहरूलाई कोभिडको जोखिम बढी हुन्छ । 

यस अध्ययनले नयाँ थेरापीको सम्भावनाको बाटो खोलेको अनुसन्धाताहरू बताउँछन् । शायद यसबाट कोभिडको उपचार पनि भेटिने उनीहरूको भनाइ छ । 


Advertisement

पुरुषको तालु खुइलिने समस्यालाई एन्ड्रोजिन रिसेप्टर नामक जिनले नियन्त्रण गर्छ । त्यसले शरीर एन्ड्रोजिनप्रति कति संवेदनशील छ भन्ने कुराको नियमन गर्छ । 
 

एन्ड्रोजिन रेस्पोन्सलाई टीएमपीआरएसएस२ नामक एन्जाइमसँग पनि जोडिएको छ र त्यसले कोरोनाभाइरस संक्रमणमा भूमिका खेल्ने विश्वास गरिएको छ । 
 

एन्ड्रोजेनेटिक आलोपेसिया भएका पुरुषहरू व्यापक संख्यामा कोरोना लागेर अस्पताल भर्ना भएको देखेर एआर जिन र गम्भीर कोभिडबीचको सम्बन्धको अध्ययन गर्न अनुसन्धाताहरूलाई प्रेरित गरेको थियो । 

अमेरिकाको क्यालिफोर्नियामा रहेको एपलाइड बायोलोजी इन्कर्पोरेसनले यो अध्ययन गरेको हो । 

यसको निष्कर्ष युरोपीयन एकेडमी अफ डर्माटोलोजी यान्ड भेनिरियलोजी सिम्पोजियमा सार्वजनिक गरिएको हो । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्