०३ साउन २०८३, आइतबार
एमाले स्थायी कमिटी बैठक

रामबहादुर थापालाई नै राष्ट्रिय सभाको उम्मेदवार बनाउने एमालेको निर्णय

बैशाख २४, २०७८
रामबहादुर थापालाई नै राष्ट्रिय सभाको उम्मेदवार बनाउने एमालेको निर्णय

नेकपा एमालेले रिक्त राष्ट्रिय सभाको सदस्य पदमा रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको स्थायी कमिटी बैठकले बादललाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

उम्मेदवारी दिने तय भएपछि बादल हेलिकप्टर चढेर हेटौंडा पुगेका छन् । जेठ ६ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन गर्ने निर्वाचन कार्यक्रम छ । 

बाग्मती प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित बादल माओवादी त्यागेर एमालेमा लागेपछि उनको सांसद पद गुमेको थियो ।

नेपाली कांग्रेस माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षले खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । 

आकस्मिक रूपमा बसेको स्थायी कमिटी बैठकमा वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी बारेमा समेत छलफल भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्