भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेनले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि कसैको कुरा नसुन्ने, आफ्नो मनको कुरा मात्र भन्ने भनी आरोप लगाएका छन् ।
मोदीले बिहीवार राति ११ बजे सोरेनसँग टेलिफोनमा कुरा गरेका थिए ।
सोरेनले यस विषयमा ट्वीट गरेर मोदीको एकोहोरो कुराको उल्लेख गरेका हुन् । प्रधानमन्त्रीले काम लाग्ने कुरा गरेको अनि सुनेको भए ठीक हुन्थ्यो भनी उनले लेखे ।
आज आदरणीय प्रधानमंत्री जी ने फोन किया। उन्होंने सिर्फ अपने मन की बात की। बेहतर होता यदि वो काम की बात करते और काम की बात सुनते।
— Hemant Soren (@HemantSorenJMM) May 6, 2021