×

NMB BANK
NIC ASIA

अमेरिकी सरकारी अङ्गहरूलाई सहयोगका लागि पत्राचार

बैशाख २४, २०७८

NTC
Premier Steels

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकासहित विभिन्न सङ्घसंस्था तथा प्रतिष्ठित व्यक्तिले अमेरिकी सरकारका अङ्गहरुमार्फत कोभिड–१९ को कहरले प्रभावित नेपाललाई सहयोग गर्न अनुरोध गरेका छन् ।

Muktinath Bank

एनआरएनए अमेरिकासहित एसोसिएशन अफ नेपलिज इन द अमेरिका (एएनए), नेपाली वेमन ग्लोबल नेटवर्क (एनडब्लुजिएन), अमेरिका नेपाल मेडिकल फाउन्डेशन र नेपाल राइजिङले संस्थागत रुपमा अमेरिकी राष्ट्रपति जो वाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई खुल्ला पत्रसहित अमेरिकी विदेश मन्त्रालय, अमेरिकी सिनेटको वैदेशिक सम्बन्ध समिति र दक्षिण एशिया हेर्ने सिनेटको उपसमितिलाई सहयोगका लागि अनुरोध पत्र पठाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एनआरएनए अमेरिकाका तर्फबाट अध्यक्ष सुनिल साह, एएनएका तर्फबाट अध्यक्ष विजयराज भट्टराई, अमेरिका नेपाल मेडिकल फाउन्डेशनका तर्फबाट अध्यक्ष डा भूपेश खड्का, एनडब्लु जी एनका तर्फवाट अध्यक्ष एर्टोनी अभिमा उप्रेती, नेपाल राइजिङका तर्फबाट अध्यक्ष डा आरती मलेखुले हस्ताक्षर गरी संयुक्त अनुरोध पत्र पठाएका हुन् । संस्थाहरुका साथै यस अभियानमा नेपालका लागि पूर्वअमेरिकी राजदूत स्कट एच डेलिसीले पनि साथ दिँदै पत्रमा हस्ताक्षर गरेका छन् ।


Advertisment
Nabil box
Kumari

नेपालमा आवश्यक कोभिडविरुद्धको खोप उपलब्ध गराउन तथा आवश्यक अन्य स्वास्थ्य सामग्री उपलब्ध गराउन अनुरोध गरिएको छ । यसैबीच गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले गैरआवासीय नेपाली सङ्घ, अन्तररष्ट्रिय समन्वय परिषद्सँगको सहकार्यमा आइसिसीमार्फत २५ हजार अमेरिकी डलर सहयोग गरेको छ । 

Vianet communication

सङ्घका अध्यक्ष साहको अध्यक्षतामा बसेको कार्यसमितिको बुधबारको बैठकले २५ हजार डलर तत्काल सहयोग गर्ने तथा अवस्था हेरेर उक्त सहयोग रकमलाई ५० हजार डलरसम्म  बढाउन सकिने निर्णय गरेको छ । सङ्घका महासचिव पशुपति पाण्डेका अनुसार सङ्घले गो फन्ड मी मा अकाउन्ट बनाएरसमेत आर्थिक सहयोग सङ्कलनलाई अघि बढाएको छ । 

यसैबीच सो आर्थिक सहयोग सङ्कलन अभियानमा सङ्घका उपाध्यक्ष बुद्धिसागर सुवेदीसहितका अभियानकर्मीले १० हजार डलर सहयोग गरेका  छन् । अमेरिकामा अहिले विभिन्न सङ्घसंस्थाले आर्थिक सहयोग सङ्कलन शुरु गरेका छन् ।

एनआरएनए ग्लोबल गायन प्रतियोगिताका लागि डिजिटल अडिशनमार्फत अर्को चरणका लागि अन्तिम साठी प्रतियोगी छनोट गरिएको छ ।  डिजिटल अडिशनमार्फत २५० प्रतियोगी सहभागीमध्ये  उत्कृष्ट प्रस्तुतिका आधारमा ६० प्रतियोगिको छनोट गरिएको हो । छनोट भएका प्रतियोगीमा दीपेश सिग्देल, खेमबहादुर बिके, निपोन लामा, सौरभ पाख्रिन तामाङ, शिवबहादुर घाताङस्वाङ, वामदेव भट्ट, भीमराज गुरुङ, अङ्किता घतानी, दीप्ति थापा, सोनाम महर्जन, कपिल पैजा पुन मगर, इभा नेपाल, जिके पूर्ण लिम्बू, कल्पना श्रीपाल, प्रजिता बाँस्तोला, राजीव थापा, मिग्मा तामाङ, निसान ढकाल, आकाश न्यौपाने र हिमन राई रहेका छन् ।

यस्तै पारस आचार्य, प्रतीक शिवा, राधिकाकुमार गोले, आयुषा डोटेल, किशोर लम्साल, अविषेक लकान्द्री, वसन्त बिष्ट, सुमन चेम्जुङ (घनश्याम गुरुङ), नरेन्द्र मल्ल, शहर विश्व, रेसु स्याङ्दान, रुद्र सुनदास, सुरज घर्ती, शतिश थापा, पवन पौडेल, अविषेक भण्डारी, तीर्थराज  निरौला, सुरज बिके, लक्ष्मण दर्जी र निशान्तकुमार विश्वकर्मा रहेका छन्।

यसैगरी गोविन्द गुरुङ, कविता आरबिएम, निमा दोर्जे तामाङ, रुपक दाहाल, नवराज श्रेष्ठ, सुन्दर लिम्बू, अमित बिष्ट, कृष्ण खवास, सन्देश गुरुङ, इन्दिरा शाह, समीर भट्टराई, बिबी मल्ल ठकुरी, योसिका कुँवर, आयुसा मैनाली÷समृद्धि श्रेष्ठ, हर्ष भण्डारी, श्रेयस श्रेष्ठ, दीपा भट्टराई, शर्मिला दर्जी, देवकी न्यौपाने खत्री र विशाल श्रेष्ठ रहेका छन्।

सङ्घको मध्य पूर्व क्षेत्रीय युवा विभागले आयोजना गरेको प्रतियोगिताका विजेताले सात लाख, फस्ट रनरअपले चार लाख, सेकेन्ड रनर अपले दुई लाख, थर्ड रनर अपले एक लाख र सान्त्वनाले ५० हजार नगद प्राप्त गर्नेछन् ।

यसैबीच अनेसासको सहकार्यमा गैरआवासीय नेपाली सङ्घले आयोजना गरेको दोस्रो पुस्ताको कविता प्रतियोगितासमेत सम्पन्न भएको छ । प्रतियोगितामा बङ्गलादेशबाट प्रतिनिधित्व गर्नुभएकी इभान्जलिना बलले प्रथम, जापानबाट प्रतिनिधित्व गर्नुभएका अभिनव गिरीले दोस्रो, पोर्चुगलबाट प्रतिनिधित्व गरेका मानस्वी खरालले तेस्रो पुरस्कार प्राप्त गरेका छन्  । अङ्ग्रेजी विद्यातर्फ अमेरिकाबाट ओजस्वी पस्छेले पुरस्कार प्राप्त गरेका छन्।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x