२२ जेठ २०८३, शुक्रबार
कोरोना अपडेट

पछिल्लो २४ घन्टामा ५३ संक्रमितको मृत्यु, ८ हजार ४१८ जना संक्रमित थपिए

बैशाख २५, २०७८
पछिल्लो २४ घन्टामा ५३ संक्रमितको मृत्यु, ८ हजार ४१८ जना संक्रमित थपिए

पछिल्लो २४ घन्टामा ८ हजार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

कुल १८ हजार ३ सय ४ पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ । 

शनिवार मात्रै ३ हजार ३ सय ७० जना संक्रमित उपचारपछि निको भएका छन् ।

यससँगै मुलुकभर २ लाख ९८ हजार ७ सय ६५ जना संक्रमित निको भएका छन् । निको भएको दर ७७.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घन्टामा ५३ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ६ सय ३२ पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्