२८ जेठ २०८३, बिहीबार
कोरोनाको भयाभह

कोरोना संक्रमितको उपचार गर्न अक्सिजन अभाव, यी ४ अस्पतालले उठाए हात [विज्ञप्तिसहित]

बैशाख २५, २०७८
कोरोना संक्रमितको उपचार गर्न अक्सिजन अभाव, यी ४ अस्पतालले उठाए हात [विज्ञप्तिसहित]
फाइल तस्वीर

अक्सिजन अभावले कोरोना संक्रमितको उपचारमा कठिनाई आएको भन्दै विभिन्न ४ अस्पतालले यसबाट हात झिकेका छन् । 

शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै अस्पतालहरूले अक्सिजनको वैकल्पिक व्यवस्था गर्न असहज भएको भन्दै सिमिति शैयामात्र सञ्चालनमा ल्याउने जनाएका हुन् । 

विज्ञप्तिमा मेडिकेयर अस्पताल लिमिटेड, नेपाल भारत मैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर र हेल्पिङ ह्याण्ड्स सामूदायिक अस्पतालले हस्ताक्षर गरेका छन् । 

उनीहरूले अक्सिजनको नियमित आपूर्ति नभएसम्मका लागि सिमित शैयामात्र सञ्चालनमा ल्याई सेवा प्रदान गरिने जनाएका छन् । 
यस्तो छ विज्ञप्ति
 

यता नेपाल चिकित्सक संघले विज्ञप्ति जारी गर्दै कोभिड १९ को उपचारमा खटिएका अस्पतालहरूलाई यथाशीघ्र अक्सिजन उपलब्ध गराउन सरकारसँग माग गरेको छ । 

संघले अस्पतालमा अक्सिजन र अक्सिजनको सिलिन्डरको सुनिश्चितता गर्न समेत सरकारसँग माग गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्