०३ असार २०८३, बुधबार

निषेधाज्ञाको १० औँ दिन उपत्यकामा यस्तो देखियो

बैशाख २५, २०७८
निषेधाज्ञाको १० औँ दिन उपत्यकामा यस्तो देखियो

निषेधाज्ञाको १० औ दिन आज । शनिबार काठमाण्डौ उपत्यकाका तीनै जिल्लाहरुमा तुलनात्मक रुपमा कम सवारीसाधन सञ्चालनमा रहे ।

काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा शनिबार अत्यावश्यक सेवाका, खाद्यान्न बोकेका, सरसफाई, स्वास्थ्य तथा सञ्चार क्षेत्रमा कार्यरतहरुका सवारी साधन देखिएका थिए । फाट्फुट बिना सवारी पास सवारी लिएर सडकमा निस्केका सर्वसाधरणलाई प्रहरीले चेकजाँच गरि नियन्त्रणमा लिएको थियो ।

गत बिहिबारदेखि निषेधाज्ञा उलंघन गर्नेहरुलाई प्रहरीले जरिवाना गर्न थालेपछि निषेधाज्ञाको पालना गर्ने क्रम बढेकाले पनि सडकमा अत्यावश्यक बाहेकका सवारी साधन कम भएका हुन् । साथै शनिबार भएकाले एक चौथाई कर्मचारीबाट सञ्चालन भएका सरकारी कार्यालय, वित्तिय कार्यलय लगायत कार्यालय बन्द भएका कारण पनि सडकहरू सुनसान देखिएको हो । बिना पास सवारी सञ्चालन गरेकाहरूमाथि गरिएको कारवाहीको संख्या पनि तुलनात्मक रुपमा आज शनिबार न्युन छन् ।

salt training

कमेन्ट गर्नुहोस्