२१ जेठ २०८३, बिहीबार

काँग्रेसले जारी गर्यो ह्वीप

बैशाख २५, २०७८
काँग्रेसले जारी गर्यो ह्वीप

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।
शनिबार संघीय संसद भवनको लोत्सेहलमा बसेको पार्टी संसदीय दलको बैठकले आगामी सोमबार आव्हान गरिएको प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । साथै बैठकले मुलुकलाई असफलताबाट बचाउनका लागि प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्न संसदका सबै राजनीतिक दलहरूलाई पनि आग्रह गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्