
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापामा फेरि कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
‘दोस्रोपटक पोजिटिभ ! टेलिफोनमा चासो, जिज्ञासा र शुभकामना दिनेभन्दा यहाँ नै उपस्थिति प्रार्थनीय छ है , शुभेच्छाका लागि सबैप्रति धन्यवाद’, उनले सामाजिक सञ्जालमार्फत शनिबार भनेका छन् ।
यसअघि कोरोनाको पहिलो लहरमा पनि थापामा संक्रमण पुष्टि भएको थियो ।