ललितपुर र बुटवल प्ले अफमा

ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेका छन् ।

ललितपुरले विराटनगर सिटी एफसीलाई ४–० गोल  तथा बुटवल लुम्बिनी एफसीले धनगढी एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष चारमा स्थान बनाएका हुन् ।


Advertisement

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा ललितपुरका लागि कप्तान अञ्जन विष्टले दुई तथा विमल राना र नुर्लान जाहिदले एक एक गोल गरे। दुवै टोलीले खेलको आरम्भदेखि नै निकै आक्रामक खेल प्रदर्शन गरेका थिए । खेलको छैटाँैं मिनेटमा विराटनगरका लागि विदेशी एडिलाजा सोमिडेले गोलको प्रयास गरे पनि असफल भए । खेलको १४ औंँ मिनेटमा विराटनगरका एडिलाजाले नै गोलको अवसर गुमाए ।

ललितपुरका गोलकिपर अर्पण कार्कीले उनलाई विफल पारे कार्कीले नै विराटनगरका सन्तोष तामाङको प्रहार सहजै रोके । खेलको ३६ औंँ मिनेटमा ललितपुरका कप्तान विष्टले पहिलो गोल गरे । उनको प्रहार विराटनगरका गोलकिपर किशोर गिरीले रोक्न सकेनन् । खेलको ६३ औंँ मिनेटमा ललितपुरका रानाले आफ्नो टोलीका लागि दोस्रो गोल गरे । खेलको ८१ औंँ मिनेटमा कप्तान विष्टले नै  दोस्रो गोल गर्दै ललितपुरलाई ३–० गोलको अग्रता दिलाए । खेलको ८५ आँैं मिनेटमा विराटनगरका रञ्जित धिमाल रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।

खेलको इञ्जुरी समयमा विदेशी खेलाडी नुर्लान जाहिदले गोल गर्दै ललितपुरलाई ४–० ले खेल जिताए । आजका खेलमा ललितपुरका कप्तान विष्ट प्लेयर अफ दी म्याच घोषित भए ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्