डिभीको नतिजा सार्वजनिक, नतिजा कसरी हेर्ने ?

अमेरिकी सरकारले खुलाएको डिभीको नतिजा सार्वजनिक भएको छ । अमेरिकी दूतावासका अनुसार आज मे ८ अर्थात वैशाख २५ गते नेपाली समयअनुसार रातिको पौने १० बजेबाट डिभीको नतिजा सार्वजनिक भएको हो ।
२०२२ का लागि नेपालीले दिएको आवेदनको नतिजा dvprogram.state.gov मा गएर निशुल्क हेर्न सकिने दूतावासले जनाएको छ ।  नतिजा हेर्न आवेदन दिँदा यसअघि उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्ने दूतावासले ट्वीटरमार्फत जानकारी दिएको छ ।

छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी उक्त साइटमा नै उपलब्ध हुनेछ । दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डिभी कार्यक्रममा छनौट भएको भन्ने व्यहोराको ईमेल नपठाउने भन्दै भ्रममा नपर्न पनि दूतावासले अनुरोध गरेको छ ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्