२८ असार २०८३, आइतबार

हिमालयन डिस्टिलरीले सार्वजनिक गर्‍यो वित्तीय विवरण, खुद मुनाफा ६७ करोड २७ लाख, बिक्री रकम पनि बढ्यो

बैशाख २६, २०७८
हिमालयन डिस्टिलरीले सार्वजनिक गर्‍यो वित्तीय विवरण, खुद मुनाफा ६७ करोड २७ लाख, बिक्री रकम पनि बढ्यो

हिमालयन डिस्टिलरीले चालु आर्थिक वर्ष २०७७/७८ को चैत्र महिनासम्मको प्रगति विवरण सार्वजनिक गरेको छ । 

गत वर्षको यसै अवधि सम्मको कारोवार र यस वर्षको सोही अवधि सम्मको कारोवारलाई तुलना गर्दा गत वर्षको चैत्र मसान्त सम्ममा कुल विक्री रकम रु.३ अर्ब ५७ करोड भएकोमा यस वर्षको त्यसै अवधि सम्ममा रु ३ अर्ब ८९ करोड नाफा गरेको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार, गत वर्षको भन्दा ९ प्रतिशतले विक्री रकम बढ्न गएको छ । 

यसै गरि गत वर्षको यसै अवधिको खुद मुनाफा रकम रु. ४३ करोड ७१ लाख भएकोमा यस वर्षको सोही अवधिमा रु. ६७ करोड २७ लाख पुग्न गएकोछ । 

यस खुद मुनाफालाई तुलना गर्दा गत वर्ष भन्दा ५३.८९ प्रतिशत बढि आर्जन भएको कम्पनीको भनाइ छ । 

त्यसै गरि गत आ.व. सम्मको मुनाफाबाट ५० प्रतिशत बोनस शेयर वितरण गरि पूँजी वृद्धि गरिए पनि गत वर्षको यसै अवधिको वित्तिय अनुपातहरुसँग तुलना गर्दा यस वर्ष प्रति शेयर आम्दानी रु १००.७६ बाट रु १०३.३८, तरलता अनुपात १.९६ बाट २.७४ भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्