२९ असार २०८३, सोमबार

पछिल्लो २४ घन्टामा ८८ जना संक्रमितको मृत्यु, कोरोना संक्रमितको संख्या ८ हजार ८५०

बैशाख २६, २०७८
पछिल्लो २४ घन्टामा ८८ जना संक्रमितको मृत्यु, कोरोना संक्रमितको संख्या ८ हजार ८५०

पछिल्लो २४ घन्टामा ८ हजार ८ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

कुल १९ हजार ३ सय ८७ पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या ३ लाख ९४ हजार ६ सय ६७ पुगेको छ । 

आइतवार मात्रै ४ हजार २२ जना संक्रमित उपचारपछि निको भएका छन् ।

यससँगै मुलुकभर ३ लाख २ हजार ७ सय ८७ जना संक्रमित निको भएका छन् । निको भएको दर ७६.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घन्टामा ८८ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७ सय २० पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्