
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसद सचिवालयका अनुसार सभामुख अग्नि सापकोटाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।
त्यसपछि सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नेछन् । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
भोलि नै दोस्रो बैठक बस्ने र दोस्रो बैठकमा अविश्वास प्रस्तावमाथि मतदान हुनेछ ।