
एमाले एमाले गम्भीर संकटमा पुगेको बेला एमाले नेता प्रदीप नेपालले माधव कुमार नेपाल समूहलाई हतारिएर राजीनामा नगर्न सुझाएका छन् । नेपाल समूहको आजै बसेको बैठकले माग पूरा गर्नका लागि केपी ओलीलाई भोलि बिहान ९ बजेसम्मको समय दिने र त्यतिबेलासम्म पनि पूरा नगरे राजीनामा सम्म दिने तयारी गरेकै बेला नेता नेपालले यस्तो सुझाव दिएका हुन् ।
नेपालले सामाजिक सञ्जालमार्फत भनेका छन्, 'राजिनामा गर्न नहतारिनुस है,भोलि चुनाव लड्ने हो भने अप्ठेरो पर्न सक्छ।'