२१ जेठ २०८३, बिहीबार

ह्याप्पी एनिभर्सरी भन्दै सीता दाहालसहितको यस्तो तस्बिर पोस्ट

बैशाख २६, २०७८
ह्याप्पी एनिभर्सरी भन्दै सीता दाहालसहितको यस्तो तस्बिर पोस्ट

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । दाहाल लामो समयदेखि अस्वस्थ रहेकी छिन् ।
उनको उपचार विदेशदेखि स्वदेशसम्म हुँदै आएपनि हालसम्म सुधार हुन सकेको छैन  ।

दाहालकी छोरी गंगाले आइतबार अबेर सार्वजनिक गरेको तस्बिरमा उनको अवस्था निकै नाजुक देखिएको छ ।
प्रचण्ड दम्पतीको ५२ औं वैवाहिक वर्षगाँठको अवसरमा छोरी गंगाले सार्वजनिक गरेको तस्बिरमा उनको अवस्था नाजुक देखिन्छ । ह्याप्पी एनिभर्सरी बुबाममी भन्दै उनले आमासहित परिवारको फोटो सार्वजनिक गरेकी छिन् ।
सीता पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी)बाट लामो समयदेखि पीडित छिन् ।

salt training

कमेन्ट गर्नुहोस्