
यस वर्षको एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको बैठक आज विहान बसेकाे बैठकले एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको शिक्षामन्त्रीका प्रेस सल्लाहकार ईश्वरराज ढकालले लाेकान्तरलाई जानकारी दिए ।
कोभिड महामारीको जोखिम र सबैतिर निषेधाज्ञाका कारण दुवै तहका परीक्षा स्थगित गर्ने निर्णय भएको उनले बताए ।
यस वर्षको एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६ देखि शुरु हुने तालिका थियो । अघिल्लो वर्ष पनि लकडाउनकै कारण यी दुवै परीक्षा सरेका थिए ।