११ साउन २०८३, सोमबार
एमाले विवाद

खनाल-नेपाल पक्षीय सांसदले तत्काल राजीनामा नदिने, आजको बैठकमा उपस्थित नहुने

बैशाख २७, २०७८
खनाल-नेपाल पक्षीय सांसदले तत्काल राजीनामा नदिने, आजको बैठकमा उपस्थित नहुने

नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल पक्षीय सांसदले तत्काल राजीनामा नदिने भएका छन् ।

सिंहदरबारमा सोमवार बसेको बैठकले तत्काल राजीनामा नदिने बरु प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने सोमवारको बैठकमा अनुपस्थित रहने निर्णय गरेको खनाल-नेपाल पक्षीय एक सांसदले जानकारी दिए ।

'तत्काल राजीनामा नदिने निर्णय भएको छ । हामी प्रधानमन्त्रीले विश्वासको मत लिने आजको बैठकमा अनुपस्थित रहन्छौं,' बैठकपछि एक सांसदले भने ।

प्रधानमन्त्री ओलीले सोमवार प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी छ । खनाल-नेपाल पक्ष अनुपस्थित रहेमा प्रधानमन्त्रीको पक्षमा बहुमत नपुग्ने निश्चित छ ।

यता प्रधानमन्त्री ओलीले हतारमा कुनै निर्णय नलिन खनाल-नेपाल पक्षलाई आह्वान गरेका छन् ।

सोमवार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले हतारमा अनुचित निर्णय लिन वाञ्चनीय नहुने उल्लेख गरेका हुन् । साथै उनले केही समस्या भए बसेर छलफल गरी समाधान गर्न पनि आह्वान गरेका छन् ।

'यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं,' ओलीले लेखेका छन् ।

उनले आज आफूले संसद्बाट विश्वासको मत लिन लागेको उल्लेख गर्दै आफ्नो पक्षमा मतदानका लागि जानकारी गराइसकिएको पनि उल्लेख गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्