३० जेठ २०८३, शनिबार

अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा १ जना पक्राउ

बैशाख २७, २०७८
अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा १ जना पक्राउ

पल्स अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-९ डेरा गरी बस्ने सिरहा सुखिपुर नगरपालिका-२ घर भएका बिनिता सर्जिकल स्टोरका संचालक ३० वर्षीय भुपनरायण साहलाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

सोही उपमहानरगपालिका-९ बाह्र बिघास्थित उक्त स्टोरबाट १ हजार ७ सय रुपैयाँ पर्ने पल्स अक्सिमिटर २ हजार ५ सय देखि ३ हजार रुपैयाँ सम्ममा बिक्री गरी कालोबजारी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न साहलाई पक्राउ गरेको हो । 

साथै उक्त स्टोरबाट २८ थान पल्स अक्सिमिटर समेत प्रहरीले बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्