११ साउन २०८३, सोमबार

यस्तो छ संसद भवन बाहिरको चहलपहल, कोरोना संक्रमित सांसदलाई छुट्टै व्यवस्था

बैशाख २७, २०७८
यस्तो छ संसद भवन बाहिरको चहलपहल, कोरोना संक्रमित सांसदलाई छुट्टै व्यवस्था

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमवार प्रतिनिधिसभा बैठक बस्नुअघि संसद भवनबाहिर चहलपहल बढेको छ ।

प्रधानमन्त्री ओलीले आफूमाथि संसदको विश्वास छ भनेर देखाउनका लागि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा बैठक बोलाइएको छ ।

बैठक शुरू हुनुअघि सांसद, कर्मचारी, मर्यादापालक लगायतको चहलपहल बढेको छ ।

मतदानमा सहभागी हुने कतिपय सांसदमा कोरोना भाइरस संक्रमण देखिएकाले छुट्टै व्यवस्था गरिएको छ । संसद भवनबाहिर टेन्ट राखेर संक्रमित सांसदले मतदान गर्ने व्यवस्था मिलाइएको संसद सचिवालयले जनाएको छ ।

हेर्नुहोस् फोटो फिचर –

salt training

कमेन्ट गर्नुहोस्