
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधि सभाको विशेष अधिवेशन शुरू भएको छ ।
संसद् भवन नयाँ बानेश्वरमा सोमवार दिउँसो सवा १ बजे बैठक शुरू भएको हो । पहिलो बैठकमा सभामुख अग्नि सापकोटाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका थिए ।
यस्तै बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम प्रस्ताव गरेर सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।
प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी छन् ।
माधव नेपाल पक्षका सांसद् भने बैठकमा उपस्थित भएका छैनन् ।
२०७७ फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेयताका बैठकमा ओली सहभागी भएका थिएनन् ।