२९ असार २०८३, सोमबार

म्यान्मारका विद्रोही कवि खेत थीको हिरासतमा मृत्यु, शरीरका अंग निकालियो

बैशाख २७, २०७८
म्यान्मारका विद्रोही कवि खेत थीको हिरासतमा मृत्यु, शरीरका अंग निकालियो

म्यान्मारका कवि खेत थीले सैनिक शासकका विरुद्ध प्रतिकारका कविता लेख्ने गरेकोमा हिरासतमा उनको मृत्यु भएको छ ।

उनको शरीरका अंगहरू निकालेर परिवारलाई बुझाइएको छ । 

कवि थीले लेखेका थिए, ‘उनीहरू टाउकोमा गोली हान्छन् तर क्रान्ति मुटुमा हुन्छ भन्ने थाहा पाउँदैनन् ।’

उनी ४५ वर्षका थिए । 
 

थीकी पत्नीका अनुसार, उनी र थीलाई शनिवार सशस्त्र सैनिकहरूले श्वेबो शहरमा सोधपुछका लागि लगेका थिए । उक्त शहर सैन्य कूविरुद्धको केन्द्र बनेको छ । 

मलाई सोधपुछ गरियो । उनलाई पनि गरियो । उनी सोधपुछ केन्द्रमै छन् भनेका थिए उनीहरूले । तर उनी फर्किएनन्, शरीर मात्र फर्कियो,’ पत्नी च सुले बताइन् । 

‘उनीहरूले मलाई बिहान बोलाए अनि मोनीवास्थित अस्पतालमा भेट्न भने । उनको हात भाँचियो होला वा अरू केही भयो होला जस्तो लागेको थियो । तर त्यहाँ पुग्दा उनलाई मूर्दाघरमा राखिएको रहेछ र उनका भित्री अंगहरू झिकिएका रहेछन्,’ उनले भनिन् । 
 

थीलाई मुटुको समस्या थियो भनी अस्पतालमा बताइएको भए पनि सुले मृत्यु प्रमाणपत्र पढिनन् किनकि त्यो सत्य हो भन्नेमा उनलाई शंका थियो । 

सेनाले थीलाई गाड्ने योजना बनाएको भए पनि उनले शरीर लैजान पाऊँ भनी बिन्ती गरिन् । पतिका शरीरका अंग कसरी निकालियो भन्ने उनलाई थाहा भएन ।

salt training

कमेन्ट गर्नुहोस्