![विश्वासको मत माग्न संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन [LIVE]](https://lktcdn2.prixacdn.net/media/Kp_oli_TkqRv7FdEl.jpg)
विश्वासको मत माग्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधन शुरू गरेका छन् ।
सोमवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा ओलीले सम्बोधन शुरू गरेका हुन् । ओलीको सम्बोधनपछि दलीय आधारमा सांसदहरूले छलफलमा भाग लिनेछन् ।
छलफल सकिएपछि प्रधानमन्त्री ओलीले जवाफ दिने र आजै मतदान गर्ने कार्यक्रम छ । एमालेको माधव नेपाल पक्षका सांसद बैठकमा सहभागी भएका छैनन् ।
एमालेले अनिवार्य उपस्थित भएर भोट हाल्न संसदलाई ह्वीप लगाएको छ भने कांग्रेस र माओवादीले ओलीको विपक्षमा मतदान गर्न सांसदलाई निर्देशन दिएका छन् ।
जसपाले भने सांसदलाई स्वविवेक प्रयोग गर्न छुट दिएको छ ।
हेर्नुहोस्, लाइभ :