३० असार २०८३, मंगलबार

आफैंले बोकेको बन्दुक पड्किएर निर्वाचन सुरक्षामा खटिएका सैनिकको मृत्यु

कात्तिक २०, २०७४
आफैंले बोकेको बन्दुक पड्किएर  निर्वाचन सुरक्षामा खटिएका सैनिकको मृत्यु
दाङ, १७ जेठ – आफैंले बोकेको बन्दुक पड्किएर गोली लाग्दा सोमबार दाङमा एक सैनिक अमल्दारको मृत्यु भएको छ ।

निर्वाचन सुरक्षाका क्रममा ट्रकमा गढवा गाउँपालिकातर्फ जाँदै गर्दा राप्ती पुलनजिक दुर्घटनावश आफ्नै बन्दुक पड्किँदा घोराही उपमहानगरपालिका-१० का ३४ बर्षीय किसन थापा घाइते भएका थिए ।

घाइते थापालाई उपचारको लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराही ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको खबर आजको कान्तिपुरमा छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्