०६ असार २०८३, शनिबार

कोरोनाका कारुणिक कथा : १५ घन्टासम्म घरैमा राखियो आमाबुवाको शव, कसैले गरेन सहायता

बैशाख २८, २०७८
कोरोनाका कारुणिक कथा : १५ घन्टासम्म घरैमा राखियो आमाबुवाको शव, कसैले गरेन सहायता

कोरोना महामारीको बेलामा भारतको राजधानी दिल्लीमा कसैले कसैको सहायता गर्न नसक्ने स्थिति छ । 

ढिलो गरी भए पनि बरू प्रहरी नै मद्दतका लागि आइपुग्छ । 
 

बुराडी क्षेत्रमा लक्ष्मण तिवारी नामक युवकले यस्तै कारुणिक अवस्था बेहोर्नुपरेको छ । तिवारी परिवार कोरोना संक्रमित भएपछि केही घन्टाभित्रै आमाबुवा दुवैको मृत्यु भयो । पहिला आमा सास फेर्न नपाएर बितिन् अनि बुवाको पनि केही समयपछि प्राण गयो ।

पत्नी पनि अस्पतालमा भर्ना भएकी छन् । 

यस्तो अवस्थामा आमाबुवाको दाहसंस्कारका लागि लक्ष्मणले नातेदारहरूसँग सहायता मागे तर कोही पनि अघि सरेन । 

एम्बुलेन्सलाई फोन गर्दा त्यसले पनि २५ हजार भारु माग्यो । त्यसले गर्दा १५ घन्टासम्म शव त्यत्तिकै घरमा राख्नुपरेको थियो । 

सहायता माग्दै आँखाभरि आँसु पारेर लक्ष्मण र उनका चार वर्षीय छोरा बाल्कनीमा प्रतीक्षा गरिरहे । 

पछि पुरानो दिल्लीमा एनजीओ चलाउने इर्तिजा कुरैशी र सादिक अहमदले यसको जानकारी पाएपछि प्रहरीलाई खबर गरे । अनि बल्ल आमाबुवाको अन्त्येष्टि गर्न सकियो । 
 

salt training

कमेन्ट गर्नुहोस्