०२ असार २०८३, मंगलबार

कोरोनाबाट एकै जिल्लामा थप ११ जनाको मृत्यु

बैशाख २८, २०७८
कोरोनाबाट एकै जिल्लामा थप ११ जनाको मृत्यु

कञ्चनपुरमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

महाकाली अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको अस्पतालका कोभिड–१९ सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा अहिले संक्रमणको लक्षणसहित ८९ जनाको उपचार भइरहेको छ । ‘अक्सिजनका भरमा संक्रमितको उपचार भइरहेको भए पनि पूर्ण रूपमा आपूर्ति हुन सकिरहेको छैन,’ उनले भने, ‘अक्सिजनबाहेक अन्य विकल्पमा पनि संक्रमितले सोच्नुपर्ने बेला आएको छ ।’

अन्य विधिबाट पनि अक्सिजनको स्तर सामान्य अवस्थामा आउने जनाउँदै उनले उपचारमा रहेका संक्रमितले आत्मबल उच्च राख्नुपर्नेमा जोड दिए । जिल्लामा दैनिक रूपमा संक्रमितको मृत्यु भइरहेको छ भने संक्रमितको संख्या पनि वृद्धि हुँदै गइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्