होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमिको आज मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको लिखु गाउँपालिका –ं२ का ६६ वर्षीया महिला छिन् । योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
जिल्लास्वास्थ्य कार्यालयका सूचना अधिकृत उत्तमराज खनालले कोरोना सङ्क्रमित महिला आफ्नै घरमा एकान्तबाँसमा रहेका समयमा मृत्यु भएको जानकारी दिए ।