![साम्राज्ञीले साइला दाइलाई के किन्दिन भनिन्? [भिडियो]](https://lktcdn2.prixacdn.net/media/tinymce/file_manager/source/2017/Prashant/Election/Lokaantar_No-0007.jpg)
काठमाडौं, १७ जेठ – चलचित्र ‘ए मेरो हजुर २’ को नयाँ गीत सार्वजनिक भएको छ । गीतमा नायिका साम्राज्ञीलाई नेपाली पोशाकमा देख्न सकिन्छ ।
‘किदिदेऊ न साइला दाइ’ बोलको गीतमा नेपाली भाषा र संस्कृतिको कुरालाई उठान गरिएको छ ।
झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर २’ को केही समयअघि रिलिज भएको गीतले पनि राम्रो चर्चा कमाएको थियो । उक्त गीतले पनि अहिले चर्चा बटुलेको छ ।
गीतमा बसन्त सापकोटाका शब्द छन् भने साधना सरगमले गीतमा स्वर दिएकी हुन् ।
कविराज गहतराजले कोरियोग्राफी गरेको गीतलाई सञ्जय लामाले भिडियोमा उतारेका हुन् ।
साम्राज्ञी राज्यलक्ष्मी शाह, सलोन बस्नेत, अम्बर सुवेदी, सुमन ढुंगाना लगायतका कलाकारको अभिनय रहने चलचित्र आउँदो भदौ १६ मा प्रदर्शनमा आउनेछ ।