३१ जेठ २०८३, आइतबार

कोरोनाका कारण नेपाली ग्राहक नआएपछि भारतका सीमावर्ती बजारको बिजोक

बैशाख २९, २०७८
कोरोनाका कारण नेपाली ग्राहक नआएपछि भारतका सीमावर्ती बजारको बिजोक

सुदूरपश्चिममा रहेको दार्चुलालाई भारतको धारचूलासँग जोड्ने अन्तर्राष्ट्रिय पुल खुलेको भए पनि कोरोना संक्रमण बढेकाले बजारहरूमा चहलपहल देखिएको छैन । 

भारत प्रवेश गर्नका लागि कोरोनाको आरटीपीसीआर रिपोर्ट आवश्यक छ अनि नेपालमा लकडाउन लगाइएको छ । त्यसैले दुवैतर्फ मानिसको आवागमन शून्य छ । 

नेपाली ग्राहकहरूमा निर्भर भारतीय बजारका पसलेहरू चिन्तित छन् । 
 

धारचूलामा लगभग २५० वटा पसल छन् । त्यस बजारबाट दिनका एक हजार नेपाली ग्राहकले किनमेल गर्ने गरेका छन् । 

नेपालीहरू भारतीय बजारमा खाद्यान्न, नून, तेल, कपडा, जुत्ता चप्पल र अन्य आवश्यक वस्तुहरू किन्ने गर्छन् ।

सामान्य अवस्थाका त्यहाँका ग्राहक भनेका नेपाली नै हुन् । लगभग ७० देखि ८० प्रतिशत बिक्री नेपालीहरूलाई नै गरिन्छ ।

अनि भारतको झूलाघाट बजार पनि नेपालीमै निर्भर छ । त्यहँ लगभग १५० पसल छन् । 

बैतडीमा लकडाउन लगाइएकाले नेपाली ग्राहक झूलाघाट पुग्न पाएका छैनन् । त्यसै पनि कोभिड कर्फ्युका कारण बजारहरू ढिलो गरी खुलिरहेका छन् । 

नेपालीहरू नआउँदा भारतीय पसलेहरू निधारमा हात लगाएर बसेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्