१४ असार २०८३, आइतबार

अस्ट्रेलियाले ‘निहुँ खोजेपछि’ चीनले इन्डोनेसियासँग मिलेर गर्‍यो युद्धाभ्यास

बैशाख २९, २०७८
अस्ट्रेलियाले ‘निहुँ खोजेपछि’ चीनले इन्डोनेसियासँग मिलेर गर्‍यो युद्धाभ्यास

चीन र इन्डोनेसिया मिलेर अस्ट्रेलिया नजिकको जलक्षेत्रमा युद्धाभ्यास गरेका छन् । 

त्यस क्रममा गाइडेड मिसाइल फ्रिगेटका साथ आक्रमण, खोजी तथा उद्धार कारवाही र सञ्चारसम्बन्धी अभ्यास गरिएको हो । 

अस्ट्रेलियाले ताइवानका विषयमा निहुँ खोजिरहेकाले बेइजिङले अस्ट्रेलियाको रणनीतिक तारोहरूमा लामो दूरीको आक्रमण गर्नुपर्ने भनी चिनियाँ पत्रिकाले अभ्यासको भोलिपल्ट चेतावनी दिएको थियो । 

विगत एक वर्षदेखि अस्ट्रेलिया र चीनको सम्बन्ध निकै बिग्रेको छ । कोरोनाभाइरसको उत्पत्तिका विषयमा विश्वव्यापी जाँचबुझ गर्नुपर्ने भनी अस्ट्रेलियाले माग गरेपछि चीन आक्रोशित भएको हो । 

चीनले अस्ट्रेलियाका सामानहरूमा लगभग २० अर्ब डलरको आयातकर लगाएको छ र जौ, वाइन, गाईको मासु, तामा, कोइला, कपास तथा सीफूडको आयातमा रोक लगाएको छ । 

हालैका दिनमा ताइवानका विषयमा अस्ट्रेलिया मुखर हुन थालेपछि सम्बन्ध झनै चिसिएको हो । अस्ट्रेलियाका गृहमन्त्री माइकल पेज्जुलोले युद्धका दुन्दुभिहरू चर्को गरी बज्न थालेको स्वीकार गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्