२२ जेठ २०८३, शुक्रबार

लकडाउनमा पत्नीलाई भेट्न बस चोरेर गए यी पति

बैशाख २९, २०७८
लकडाउनमा पत्नीलाई भेट्न बस चोरेर गए यी पति

भारतको केरलमा लकडाउनका कारण पत्नीलाई भेट्न नपाएपछि एक पुरुषले बसै चोरेर फरार भएका छन् । 

तर पत्नीकहाँ पुग्नुअघि नै उनलाई प्रहरीले समात्यो र हिरासतमा लियो । 
 

दिनूप नामक ती व्यक्तिले शनिवार राति कोझीकोडमा बस स्ट्यान्डबाट एक निजी बस चोरे । आइतवार बिहान उनी कुमारकोम क्षेत्रमा प्रहरीको पक्राउमा परे । 
 

तिरुवलामा बस्ने पत्नी तथा बालबालिकालाई भेट्नका लागि उनी आतुर भएर बस चोरेका हुन् । लकडाउनका कारण उनी कोझीकोडबाट २७० किलोमिटर टाढा रहेको तिरुवला पुग्न पाएका थिएनन् । 

उनले कुट्टियाडीमा एक निजी बस देखे । त्यो बसमा पसेर उनले कसोकसो गरी इन्जिन स्टार्ट गरे । बसमा डीजेल फुल थियो । राति दुई ठाउँमा प्रहरीले रोक्दा उनले पथनभिट्टाबाट प्रवासी मजदूरहरूलाई लिन गएको भने । प्रहरीले उनको कुरा पत्यायो । 

तर कुमारकोम पुग्दा कोझीकोड प्रहरीबाट सूचना पाएको स्थानीय प्रहरी उनलाई समात्न तम्तयार भएर बसेको थियो । प्रहरीले बस र दिनूप दुवैलाई हिरासतमा लिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्