२३ जेठ २०८३, शनिबार

भारत : नर्सबाट कुटाइ खाएका डाक्टर घरमा मृत फेला

बैशाख २९, २०७८
भारत : नर्सबाट कुटाइ खाएका डाक्टर घरमा मृत फेला

भारतको उत्तर प्रदेशको रामपुरमा केही दिनअघि नर्सबाट कुटाइ खाएका एक चिकित्सक आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । 

नर्स र डाक्टरबीचको कुटाकुटको भिडियो भाइरल बनेको थियो । भिडियो भाइरल भएपछि डिस्ट्रिक्ट मजिस्ट्रेटले चिकित्सकलाई बर्खास्त गरेका थिए । तर पछि उनलाई फेरि सरकारी अस्पताल ल्याइयो । 

डा बीएम नागरको शव उनको सरकारी निवासमा फेला परेको हो । स्वास्थ्य विभागका शीर्ष अधिकारीहरू घटनास्थल पुगेका थिए । सीएमएसले चिकित्सकको मृत शरीर निजी एम्बुलेन्समा राखेर गाउँ पठाउन खोजेका थिए तर प्रहरीले लग्न दिएन । 

पछि डा नागरको परिवारका सदस्य घटनास्थल पुगे अनि प्रहरी एसपीलाई आफूहरू शवको पोस्टमोर्टम नगराउने भनी निवेदन दिए । त्यसपछि उनीहरूले लाश लगे । यसरी पोस्टमोर्टम नगरी शव लगेकोमा विवाद भएको छ ।

डा नागरले आफूलाई ज्यानको खतरा रहेको भनी बताउँदै आएका थिए । उनले प्रहरी अधीक्षक शुगन गौतमलाई पत्र लेखेर ज्यानको खतराका विषयमा अवगत गराएका थिए । 

अहिले शंकास्पद अवस्थामा उनको लाश भेटिँदा हंगामा मच्चिएको छ । 

तर उनलाई चिनीरोग र मुटुरोगको समस्या रहेको भन्दै परिवारले पोस्टमोर्टम नगरी शव लगेकाले प्रहरीले कारवाही अगाडि बढाउन पाएको छैन ।

यो पनि पढ्नुहोस् :

भारत : कोरोनाको कहरबीच तनावका कारण नर्सले चड्काइन् डाक्टरको गाला (भिडियो)​

salt training

कमेन्ट गर्नुहोस्