१० साउन २०८३, आइतबार

पार्टी निर्देशन नमानेको भन्दै जनमोर्चाले थापालाई संसदीय दलको नेताबाट हटायो

बैशाख २९, २०७८
पार्टी निर्देशन नमानेको भन्दै जनमोर्चाले थापालाई संसदीय दलको नेताबाट हटायो

विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा प्रस्ताव गरेको कांग्रेस संसदीय दलका नेता कृष्णचद्र नेपालीको पक्षमा हस्ताक्षर गर्न नमानेको भन्दै राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा संसदीय दलका नेता कृष्ण थापालाई दलको नेताबाट हटाएको छ । 

थापाले हस्ताक्षर गर्न अस्वीकार गरेपछि गण्डकीमा वैकल्पिक सरकार बनाउने विपक्षी गठबन्धनको प्रयास विफल भएको थियो । 

जनमोर्चाका महासचिव मनोज भट्टले थापालाई दलको नेताबाट हटाइएको बताएका छन् । 

पार्टीको निर्णयअनुसार थापालाई दलको नेताबाट हटाइएको निर्णय सचेतक पियारी थापाले प्रदेश सभामा सभामुखलाई जानकारी गराएकी छिन् । 

सचिवालयमा दिउँसो २ बजे पत्र दर्ता गराइएको थापाले जानकारी दिइन् । 

गण्डकी प्रदेश सभामा जनमोर्चाका तीन सांसद छन् । थापा बाग्लुङबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

जिल्लामा कांग्रेसले पार्टीका कार्यकर्तालाई ज्याजति गरेकाले आफूले कांग्रेस उम्मेदवारलाई समर्थन गर्न नसक्ने अडान उनले लिएका छन् । 

थापाले विपक्षी गठबन्धनका उम्मेदवारलाई साथ नदिएपछि गण्डकी प्रदेशमा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ पुनः मुख्यमन्त्री बन्ने देखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्