३० जेठ २०८३, शनिबार

भारत : कोरोना रोगीको अक्सिजन मास्क निकालेर पूजा गरे महिलाहरूले

बैशाख २९, २०७८
भारत : कोरोना रोगीको अक्सिजन मास्क निकालेर पूजा गरे महिलाहरूले

भारतको उत्तर प्रदेशमा रहेको कानपुरस्थित एक अस्पतालमा कोरोना रोगीको अक्सिजन मास्क निकालेर महिलाहरूले पूजाआजा गरेका छन् । 
 

ह्यालट अस्पतालको कोभिड वार्डमा यो घटना भएको हो । 

दुई महिला आएर रोगीको अक्सिजन मास्क निकालेको र पूजापाठ गरेर जयजयकार गर्दै रोगी ठीक भएको दाबी गरेका थिए । 

उनीहरूले वैदिक मन्त्रोच्चारणका साथ भगवानको नाम लिएर जयजयकार गरेका थिए । आफूलाई कोरोना सर्नसक्ने चिन्ता उनीहरूले नलिएको देखिन्छ । 

केही समयपछि कोरोना रोगीको मृत्यु भएपछि दुवै महिलाले अस्पतालमा हंगामा मच्चाएका थिए । वार्डका चिकित्सकले लापरवाही गरेको आरोप उनीहरूले लगाए । 

ती महिलाहरू जबर्जस्ती वार्डमा पसेको बताइएको छ । 

घटना अप्रिल २२ मा भएको बताइएको छ । 

राति डा आलोक वर्माले रोगीको उपचार गरिरहँदा रोगीलाई हेर्ने भन्दै जबर्जस्ती वार्डमा आए । उनीहरूले नर्सलाई रोगी उपचारले ठीक हुँदैन भने । भूतप्रेतको छायाँ रोगीमा परेको भन्दै उनीहरू बेडमा पूजापाठ गर्न थाले । 

त्यसक्रममा उनीहरूले रोगीको अक्सिजन पनि झिकिदिए । अस्पतालका कर्मचारीले रोक्ने कोशिश गर्दा उनीहरू झगडा गर्न तम्सिए । 

केही समयपछि रोगीको मृत्यु भयो । एकछिन हंगामा मच्चाएपछि उनीहरू अस्पतालबाट गए । 

भोलिपल्ट रोगीलाई कोरोना प्रोटोकल अन्तर्गत अन्त्येष्टि गरियो । 

प्रहरीले घटनाको अनुसन्धान गर्न आनाकानी गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्