२१ असार २०८३, आइतबार
सरकार गठनको प्रयास

गण्डकीमा सरकार गठनका लागि दाबीसहित विपक्षी गठबन्धनका नेता पुगे प्रदेश प्रमुखको कार्यालय

बैशाख २९, २०७८
गण्डकीमा सरकार गठनका लागि दाबीसहित विपक्षी गठबन्धनका नेता पुगे प्रदेश प्रमुखको कार्यालय
कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली

गण्डकी प्रदेशमा सरकार गठनका लागि दाबी गर्दै विपक्षी गठबन्धनका नेताहरू प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले दिएको समय सकिनु केहबेर अघि कांग्रेस, माओवादी, राजमो र जसपा सांसदको समर्थनमा बहुमत रहेको दाबीसहित नेताहरू प्रदेश प्रमुखकोमा पुगेका हुन् ।

विपक्षी गठबन्धनले कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका छन् ।

विपक्षी गठबन्धन बहुमतको दाबी गर्दै प्रदेश प्रमुखको कार्यालयमा पुगेपनि राजमो सांसद कृष्ण थापाले भने हस्ताक्षर गरेका छैनन् । 

उनले आफू गृहजिल्ला बाग्लुङ पुगेको जानकारी गराएका छन् ।

यस्तो छ, प्रदेश प्रमुखलाई लेखेको पत्र

salt training

कमेन्ट गर्नुहोस्