नेकपा एमालेका प्रभावशाली नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अलोकतान्त्रिक कार्य गर्नबाट रोक्न सांसद पदबाट राजीनामा गर्नुपर्ने धारणा राखेका छन् ।
एमालेको खनाल–नेपाल पक्ष अलमलमा रहेको समयमा रावलले राजीनामा गर्नु राजनीतिक र नैतिक दृष्टिले उचित रहेको बताएका हुन् ।
सामाजिक सञ्जाल ट्विटरमा बुधवार सन्देश लेख्दै रावलले राजीनामाको लबिङ गरेका हुन् ।
‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ । थप राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रमं केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ । त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ । यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ,’ रावलले ट्विटरमा लेखेका छन् ।
यसअघि राजीनामा गर्ने भन्दै अल्टिमेटम दिएका खनाल–नेपाल पक्षका सांसद सोमवार बिहान तत्काल राजीनामा गर्न नहुने निष्कर्षमा पुगेका थिए । खनाल–नेपाल समूहकै सुरेन्द्र पाण्डे लगायतका नेताहरू सामूहिक राजीनामाको विपक्षमा छन् ।
असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ।थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रमं केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ।त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ।यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।
— Bhim Rawal, PhD (@BhimRawal179) May 12, 2021