आँसु लुकाएर उपचारमा तल्लीन

फाइल तस्बिर

भर्ना नपाएर कोरोना संक्रमित स्ट्रेचरमा छटपटिन्छन् । अक्सिजनको अभाव उस्तै छ । स्वास्थ्यकर्मी आफैं सिलिन्डर खोज्न निस्कनुपर्छ । आईसीयू र अक्सिजन नपाएर संक्रमितले दिनहुँ ज्यान गुमाइरहेका छन् । अस्पतालमै संक्रमित खचाखच भएका बेला थप भर्नाका लागि चौतर्फी दबाब आउँछ ।

जनशक्ति पर्याप्त छैन । भएका स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा खटाउनु परिरहेको छ । यस्तै समस्यामा गिजोलिए पनि हरसम्भव संक्रमितको उपचार गरिरहेको नेपालगन्जको भेरी अस्पतालको नेतृत्वमा छन्, डा. प्रकाश थापा । मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. थापा आफैं दिनरात खट्छन् । संक्रमित भर्नाका लागि बुधबार दिनभर आफैं टेन्ट व्यवस्थापनमा लागेका थिए । कोरोना उपचारको केन्द्र बनेको अस्पतालमा लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमबाट बिरामी आइरहेका छन् ।


Advertisement

विषम परिस्थितिमा अस्पताल प्रशासन सञ्चालन गर्न र बिरामीको उपचार कसरी सम्भव भएको छ ? ‘अस्पताल आइसकेको बिरामीलाई घर जानूस् भन्न मिलेन । भुइँमा राखेर भए पनि उपचार गरिरहेका छौं । चुनौती धेरै छन् । चुनौतीसँग जुधेरै अगाडि बढ्ने प्रयास गरिरहेका छौं,’ डा. थापाले भने, ‘हामीले गरिरहेको प्रयासमा स्थानीय प्रशासन र अन्य निकायले सहयोग गरिरहेका छन् ।’ बेड नपाएर अस्पतालको इमर्जेन्सी अगाडि बिरामी छटपटिँदा उनी आफैं बेड मिलाउन पुग्छन् । कान्तिपुर दैनिकले अनेक पीडाका बीच स्वास्थ्यकर्मीहरु आँसु लुकाएर उपचारमा तल्लीन रहेको खबर छापेको छ । 

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्