२५ असार २०८३, बिहीबार

बुटवलमा थप तीन संक्रमितको मृत्यु

बैशाख ३०, २०७८
बुटवलमा थप तीन संक्रमितको मृत्यु

 रुपन्देहीको बुटवलमा गएराति थप ३ कोरोना संक्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित धागो काराखानास्थित कोरोना विशेष अस्थायी अस्पतालमा २  जना र प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा १ जनाको मृत्यु भएको हो । मृत्यु हुने ३ नै जना पुरुष हुुन् । 

तिलोत्तमा–२ का ७५ वर्षिया पुुरुष र तिलोत्तमा–१३ का ५५ वर्षिया पुरुषको संघर उपचार कक्ष र एचडियूमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले लोकान्तरलाई जानकारी दिए ।

त्यस्तै बुटवल ६ का ८१ वर्षिया पुरुषको अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको हो ।

बुधबार बुटवलकै इमर्जेन्सीमा शैया अभावले ६ जनाको र अस्थायी अस्पतालमा अक्सिजन सकिँदा ५ जनाको मृत्यु भएको थियो । पछिल्लो समय रुपन्देहीमा संक्रमण तीब्र छ । 

salt training

कमेन्ट गर्नुहोस्