२८ जेठ २०८३, बिहीबार

मस्कटबाट ६०० अक्सिजन सिलिन्डर ल्याइँदै

बैशाख ३०, २०७८
मस्कटबाट ६०० अक्सिजन सिलिन्डर ल्याइँदै
प्रतिकात्मक तस्वीर

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिन्डर ल्याउने भएको छ ।    

गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगस्वरूप प्राप्त हुने अक्सिजन सिलिन्डर लिन निगमको वाइड बडी ए ३३० जहाज आगामी शनिवार मस्कट जाने तयारीमा रहेको जनाइएको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले शनिवार मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइने र सोही दिन साँझ चीनको बेइजिङमा संकलित करीब ४०० थान अक्सिजन कन्सन्टे«टर ४०० थान सिलिन्डर र अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको जानकारी दिए । उनका अनुसार सिलिन्डरका अलावा चीनबाटै ८ अक्सिजन जेनेरेटर पनि ल्याउने तयारी भइरहेको छ ।

सो प्रयोजनका निम्ति निगमको जहाज बेइजिङ पठाइने छ ।

एनआरएनएका अध्यक्ष कुमार पन्तले बुधवार सामाजिक सञ्जालमा लेख्दै नेपालमा कोरोना बिरामीलाई अक्सिजन पुर्‍याउन कठिन भएका बेला संस्थाले चीनबाट १०० अक्सिजन कन्सन्ट्रेटर र ओमानबाट ५५० सिलिण्डर शनिवारसम्म काठमाडौं पुर्‍याउने प्रयासमा रहेको जनाए ।

ओमानपछि हरेक दिन ५५० थान सिलिन्डर उत्पादन हुने भएकाले प्रतिदिन नै वाइड बडी ए ३३० जहाज बेइजिङ पठाइने उनले बताए । निगमले अन्यत्र उपलब्ध हुन सक्ने सामान ल्याउन निगमका सबै जहाज तयारी अवस्थामा राखिएको जनाएको छ ।

नेपाल सरकारका सम्बद्ध सबै निकायको सक्रियतामा आगामी १०–१२ दिनमा अक्सिजनको समस्या समाधान हुने निगमले विश्वास लिएको छ ।

निगमको वाइडबडी जहाजले यसअघि वैशाख २८ गते चीन सरकारले अनुदानमा दिएको ४०० थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटर सहितका स्वास्थ्य सामग्री काठमाडौं ल्याएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा चीनबाट अक्सिजन सिलिन्डरसहित स्वास्थ्य सामग्री ल्याइएको हो ।

salt training

कमेन्ट गर्नुहोस्